असोज २६, काठमाण्डाै । सर्वोच्च अदालतले रुबी खानलाई पर्सि २८ बिहीबार उपस्थित गराउन आदेश दिएको छ । गएको शुक्रवार प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो ।

उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईले आउँदो बिहीवार बिहान रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिनुभएको हो ।
रुबीले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनशन सुरु गर्नुभएको छ । यो मुद्दामा सुनुवाइ नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्यत्र स्थानान्तरण नगर्न पनि सर्वोच्चले आदेश दिएको छ ।