• २०८३ जेष्ठ ६ गते बुधवार

संसद विघटनबारे राष्ट्रपति कार्यालयले आज सर्वोच्चमा लिखित जवाफ दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १९, काठमाडौं । राष्ट्रपति कार्यालयले संसद विघटनबारेको जवाफ आज सर्वोच्च अदालतमा पेश गर्ने भएको छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले सरकारका नाउँमा कारण देखाऊ आदेश जारी गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासले प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयलाई लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको म्याद दिएको थियो, जुन आज (आइतबार) सकिँदै छ ।

विज्ञहरूसँग संवैधानिक कानुनी परामर्श सकेर राष्ट्रपति कार्यालयले आज सर्वोच्चमा लिखित जवाफ पेस गर्ने तयारी रहेको कार्यालय स्रोतले जनाएको छ । यही पुस १० गते संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै एउटा आदेश जारी गरेको थियो । सर्वोच्चद्वारा जारी आदेशमा निवेदनको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो, सोको कारणसहित लिखित जवाफ पेश गर्न भनिएको थियो । उक्त आदेशमा उल्लेख छ(आदेश जारी हुननपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी मिति २०७७र९र१९ सम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी निम्न कार्य सम्पन्न गरी नियमानुसार पेस गर्न।

सरकारका तर्फबाट जवाफ पेश भएपछि उक्त मुद्दाको अर्को पेसी पुस २२ गतेका लागि तोकिने जनाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा उक्त मुद्दा विचाराधीन छ । यसमा फैसलाका लागि सहयोग गर्न संवैधानिक विज्ञरअधिवक्ताहरू सम्मिलित ‘एमिकस क्युरी’ समेत चयन गरिसकिएको छ ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटनको घोषणा भएको थियो । उक्त कदम असंवैधानिक रहेको भन्दै दर्जनबढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस