• २०८३ जेष्ठ १९ गते मङ्गलवार

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्।  देउवा आज  बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्नेछन्। यसपछि दिउँसो ३ बजे पोखरा–१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका छन्।

लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजे राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

यसपछि प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस