• २०८३ बैशाख ५ गते शनिवार

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, दार्चुला । पहिरो खसेर महाकाली लोकमार्ग अवरुद्ध भएको छ । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा तराईबाट छुटेका तथा जिल्लाबाट बाहिरिने गाडी बाटोमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिनुभयो ।

सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस