• २०८३ बैशाख ५ गते शनिवार

ईपीएल : भैरहवा र पोखरा भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)  क्रिकेटमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र पोखराबीचको खेल १२ः१५ बजे सुरु हुनेछ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले उपाधिका लागि चितवन राइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो। तर, प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुनस् क्वालिफायर खेल्ने पाएको हो।

यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस