• २०८३ असार १० गते बुधवार

तारकेश्वर धर्मस्थलीबाट ७ तोला सुनका गहना चोरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा घर फुटाएर गहना चोरी भएको छ । धर्मस्थलीस्थित ढकालटार बस्ने ईश्वरप्रसाद श्रेष्ठको घरबाट बिहीबार ७ तोला गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए ।

दिउँसोको समयमा श्रेष्ठ परिवार पाहुना लाग्न गएको बेलामा चोरीमा संलग्न समूहले करिब ६ लाख ९२ हजार बराबरको गहना चोरेका हुन् । ढोकाको ताल्चा फुटाएर गहना चोरेको भेटिएको छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी बुढाथोकीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस