फागुन १७, काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्नुहुने भएको छ ।

आईतबार राज्यमन्त्री मानन्धरले सय दिनको अवधिमा गर्नुभएको कामको विवरण सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम राख्नुभएको हो । मन्त्रालयको सभाहलमा दिउँसो १:४५ मा कार्यक्रम सञ्चालन हुदैंछ ।