• २०८३ बैशाख ५ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, पर्सा । प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस