साउन १८, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले केहीबेरअघि पक्राउ गरेको हो।

शान्ति सुरक्षामा खलल पारेको आरोपमा उनलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।