असोज ०८ मुगु । नेपाली कांग्रेस मुगु ‘क’ प्रदेशमा मुगुकि एक युवा नेतृको उम्मेद्वारीको घोषणा भएको छ । प्रदेश सभा ‘क’ क्षेत्रको उपसभापतिमा मुगु जिल्लाकि नेतृ २२ वर्षिय रामदेवि खड्काले क्षेत्रिय कार्य समिति उपसभापतीको उम्मेद्वारी दिएकी छन् ।

सानै उमेर देखिनै राजनितिक क्षेत्रमा होमिएकी नेपाल विद्यार्थी संघ मुगु, मेची महाकाली बुहारी संघको सदस्य, युवा सजकताको सचिवसम्मको कार्यभार सम्हालेकी खड्का अहिले नेपाली काग्रेसको १४ औं महाधिवेसनमा ‘क’ क्षेत्रबाट उपसभापतीको उम्मेदवारीको मैदानमा उत्रिएकी छन् । खड्का राजनितिक क्षेत्रमा पनि उत्तिकै दख्खल मानिन्छन् । पार्टीलाई दिएको योगदानप्रति उनको उच्च मुल्यांकन गर्दे कार्य समितिको उपसभापतिको उम्मेदवारी दिईएको जनाईएको छ ।
यस्तै सभापतिमा युवा नेता बिष्णु कुमार भाम, उपसभापतिमा टुण्डुल लामाले उम्मेद्वारी दिएका छन् । यस्तै सचिवमा छेवाङतोर्चे लामा र सहसचिवमा मिण्डिक लामाले पनि उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी घोषणा गरेपछि युवा नेतृत्वहरुले भोटका लागि प्रचार प्रसार तीव्र पारेका छन् ।