• २०८३ बैशाख १९ गते शनिवार

बारामा एकै परिवारका तीन जना मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६,काठमाडौं ।  बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । गाउँ नजिकैको ढोरा खोला किनारमा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

२५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी शव भेटिएको हो । मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस