• २०८३ बैशाख २१ गते सोमवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ८, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३९ वर्षीय मिलन कुमार अधिकारीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । कैलाली टिकापुरबाट काठमाडौंतर्फ आउदै गरेको सुदूर पश्चिम प्रदेश ०१-००१ ख २१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनले लुकाई ल्याएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसेबाट २ किलो १ सय ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने २१ वर्षीय राजन मुक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा झोला बोकी शंकास्पद रुपमा हिँडिरहेका उनलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा झोलामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली बस्ने ३३ वर्षीया निशा वली र उनकै आमा ६० वर्षीया तुलसी रिमाललाई ३ सय १० मिलिग्राम ब्राउनसुगर सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ एरीचोक हिमाल होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस