माघ १८, नुवाकोट । एम्बुलेन्स खरिदका लागि आयोजना गरिएको श्रीमद भागवत ज्ञान महायज्ञ माघ २० गते सोमवार समापन हुदैंछ । माघ १२ गते देखि आयोजना गरिएको यज्ञको उद्देश्य एम्बुलेन्स खरिद, मन्दिर निमार्णका साथै बेलकोटगढी न.पा वडा नं. २ र ककनि गाउपालिका वडा नं. ३ को सर्वागिंण विकास गर्नु रहेको छ ।

पं. श्री राजकुमार खनालले कथा वाचन गरिरहनु भएको महायज्ञ माघ १२ गते कलश यात्रा आयोजना गरि सुरुवात भएको हो । महायज्ञ बेलकोटगढी न.पा वडा नं. २ र ककनि गाउपालिका वडा नं. ३ को समुक्त आयोजनामा सञ्चालन गरिएको नुवाकोटका समाजसेवी राममणी घिमीरेले जानकारी दिनुभयो । उहाका अनुसार माघ २० गते श्रीमद भागवत ज्ञान महायज्ञको नेपाल सरकारमा शहरी विकास राज्यमन्त्रि रामविर मानन्धरले समापन गर्नुहुनेछ ।