• २०८३ असार १ गते सोमवार

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्न अर्थ समितिले दियो निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ५, काठमाडौ ।  प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्रकक ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ ।
समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गर्ने निर्देशन दिएको हो ।

धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाविवादमा परेपछि यस सम्बन्धमा छलफल गर्न अर्थ समितिले आज बैठक बोलाएको थियो ।अर्थ समितिले गत जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । बैठकमा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले बैठकले ब्रोकरहरुको नयाँ लाइसेन्सका लागि अनुमति खुल्ला गरिएको बताए ।

उनले भने ‘ समितिको मिति २०८० जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारी इजाजत प्रक्रिया सुचारु गर्न अर्थ मन्त्रालय मार्फत नेपाल धितापत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिने मुख्य ऐजेण्डा यही हो ।यस्तैधितोपत्र दलाल तथा धितोपत्र व्यापारीलाई अनुमति पत्र दिदाँ मापदण्ड पुगेको विषयमा अनुमति पत्र दिने निकायलाई सर्तक हुन अर्थमन्त्रालय मार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिने निर्णय भएको छ । ’

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पहिलो पटक नेपालको सार्वजनिक निकायमा लाइसेन्सप्रक्रियाका लागि हेल्प डेक्स बनाएको बताए ।उनले भने ‘ २०६४ को नियामावलीले नयाँ स्टक एक्सेन्जको संगठित संस्था बन्छ त्यसको सेयर लिने अधिकार केवल बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले मात्रै पाउने भनेको छ । अरु नेपालीको त हक नै नभएको जस्तो त्यो अहिले देशको अवश्यकता छ त्यसको लागि सबै नेपालीको समान अधिकार हुनुपर्ने कुरा राखेर निजी कम्पनीलाई पनि दिनुपर्छ बैंकलाई मात्र दिनुपर्छ भनेर लेख्नु हुदैँन् भनेर सच्चाइएको हो ।अधिकार सबैको समान हुनुपर्छ, नियामावलीमा नै यसले पाउने भनेर तोक्नु न्यायोचित हुदैँन् । त्यो सच्चाउनु पर्छ । ’

Sharing

प्रतिक्रिया दिनुहोस