असोज ८, मोरङ। मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ सवा ६ बजे ठक्कर दिंदा मोरङकै बेलबारी नगरपालिका ८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो ।

गम्भीर घाइते भएक उनको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो । बस सहित चालकलाई नियन्त्रणमा लिइ सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।