वैशाख १८, काठमाडौँ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएकोले उहाँ होम आइसोलेसनमै रहनु भएके छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गर्नु भएको छ ।