• २०८३ जेष्ठ १० गते आइतवार

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, एजेन्सी । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ ।मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दैअमेरिकाले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ । ‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने ।

अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिक्रिया दिएका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस