• २०८३ मङ्सिर ५ गते शुक्रवार

थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ लाख ८८ हजार ७ सय ६९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८८ हजार ७ सय ६९ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय २४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५६ हजार ९ सय ५४ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस