• २०८३ असार ६ गते शनिवार

दुई देशबाट ९० लाख डोज खोप ल्याउने सरकारको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३,काठमाडौँ। सरकारले अमेरिका र चीनबाट गरी ९० लाख डोज खोप ल्याउने तयारी गरिरहेको छ । सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी भएको जनाएको छ ।

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो । ४५ दिनभित्र खोप दिन सरकारले भनेको तर, जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको जानकारी समेत महासेठले दिनुभयो । नन९डिस्क्लोजर सहमतिअनुसार चीनको साइनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु हुन लागेको उहाँले जानकारी दिनुभयो ।

प्रक्रिया सुरु गर्न स्वास्थ्य मन्त्रालयले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । आगामी मंसिर ३ गतेभित्र सबै नेपाली नागरिकलाई दुबै डोज खोप लगाउने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री महासेठले सबै नेपाललाई खोप लगाउन अढाइ करोड खोज आवश्यक पर्न सक्ने र खरिद गर्नुपर्ने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस