• २०८३ जेष्ठ २१ गते बिहिवार

पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, बाजुरा । दिनेशखबरका सम्पादक नवराज पनेरुलाई गालीगलौजसहित ज्यान मार्ने धम्की दिने बिपिन बिष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाजुराको बढिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टका श्रीमान विपिन पक्राउ परेका हुन्।

न्यूज एजेन्सीमा आएको समाचार प्रकाशित भएको विषयलाई लिएर बिष्टले पनेरुलाई ज्यान मार्ने धम्की दिएका थिए। महालेखा परीक्षणको प्रतिवेदनअनुसार बाजुराबाटै न्यूज कारखानामा लेखिएको समाचार मंगलबार प्रकाशित गरेकै आधारमा विष्टले अश्लिल गाली गर्दै सम्पादक पनेरुलाई ज्यान मार्ने सम्मको धम्की दिएका थिए।

उनले आफ्नो श्रीमतीको विषयमा आएको समाचारमा कुनै त्रुटी नभएको ‘तर पनि किन लेखेको’ भन्दै ज्यान मार्ने धम्की दिएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस