• २०८३ बैशाख १५ गते मङ्गलवार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, कञ्चनपुर  । बेलौरी नगरपालिका८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

सोमवार साँझ सुपप्र ०१००९ प ५०५८ नम्बरको मोटरसाइलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौर१० का २६ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

यस्तैभीमदत्त नगरपालिका११ भुजेलास्थित साईवन नहरमा सोमबार करिब ४५ वर्षीय पुरुषको शव फेला पारेको छ। आधा शरीर डुबेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। शवको पहिचान खुल्न सकेको छैन। शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस