• २०८३ मङ्सिर ४ गते बिहिवार

अवैध रुपमा ल्याउँदै गरेको सामान सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको सामान सहित बिभिन्न स्थानबाट मानिसहरु पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरास्थित सडकबाट बा.१० च ४४२२ नम्बर र सुदुर पश्चिम प्रदेश ०१००१ च ३०९६ नम्बरको पिकअपमा ल्याउँदै गरेको बाख्रा, पाठा, पाठी, बोका तथा अन्य सामान गरी करिब १८ लाख २८ हजार रुपैयाँ बराबरको सामान बुधबार बिहान प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा पिकअपमा ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त सामान सहित दुवै गाडीका चालकलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट भन्सार छली ल्याएका करिब ४ लाख रुपैयाँ मूल्य बराबरका सुट सेट, साडी लगायत विभिन्न कपडाहरु सहित भारत घर भएका २ जना १६ वर्षीय किशोरहरूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भन्सार छली ल्याएका कपडाहरू सोही ठाउँस्थित घरमा राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त कपडाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बरामद सामान सहित उनीहरूलाई भन्सार कार्यालय सुनौलीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस