• २०८३ जेष्ठ ३० गते शनिवार

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

रासस पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’् भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गर्नुभएको थियो ।

त्यसअघि बैठकमा नेकपा ९एमाले०का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाउनुभयो । उहाँले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस