भदौ ३०, मुगु । छायानाथ रारा नगरपालिका वडा नं १ सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा औषधि र चस्माको अभाव भएको छ । विगत २ महिना देखि उपचार केन्द्रमा औषधि र चस्माको अभाव भएको हो । औषधि अभाव हुदा बिरामिहरु बजारका निजि मेडिकलहरुमा चर्को मुल्य हालेर औषधि उपभोग गर्न बाध्य भएका छन् ।
विगत २ महिना देखि औषधि , चस्मा लगायत अन्य सामग्रीहरु जिल्लामा अभाव हुदा आँखा उपचार लगायत अन्य नाक कानको उपचारमा पनि प्रभावित भएको छ । यस्तो समस्या लाई पुर्ति गर्न जिल्ला आँखा उपचार केन्द्र मुगुले हिमालय आँखा अस्पताल घारी पाटन पोखरा लाई आबश्यक औषधि र चस्मा माग गरिएको छ , २ महिना बिति सक्दा पनि हाल सम्म अस्पतालले औषधि अभावको माग लाई सम्बोधन नगरेको जिल्ला आँखा उपचार केन्द्र मुगुका ईन्चार्ज धुव्र बुढ्थापाले बताए ।
उनका अनुसार आँखा उपचार केन्द्रमा औषधि अभाव भएको छ । बिरामिहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेका छन ,औषधि छैन , चस्मा पनि छैन बिरामिहरु रित्तो हात लिएर घर फर्कने गरेको उनको भनाई छ । पछिल्लो समय बिरामिहरुको चाप पनि उत्तिकै लाग्ने गरेको छ । थाम्नै सकिन्न , औषधि माग्छन छैन , आँखा बिरामिको प्रकार हेरेर चस्मा माग्छन् त्यो पनि छैन , आज भोलि बिरामिले धेरै सास्ती खेप्नु परेको बुढ्थापाको भनाई छ ।
विगतका दिनहरुमा सेवाग्राही सहजै रुपमा सेवा पाउन्थे उपचार पनि भने जतिकै हुन्थ्यो यता २ महिना देखि उपचार केन्द्रमा औषधि , चस्मा अभाव हुदा उपचारमा प्रयोग हुने उपकरणहरु पनि आज भोलि प्रयोग बिहिन बनेको बताईएको छ । जिल्लामा औषधि अभाव सुरु भए पछि छिटो भन्दा छिटो औषधि उललब्ध गराउन कार्यालयले आग्रह गरेको छ ।
पछिल्लो समय आँखा उपचार केन्द्रमा मुगुका मात्र नभई छिमेकि जिल्ला जुम्ला , हुम्लाका केही क्षेत्रका नागरिक सेवा लिन आउने गरेका छन् । उनीहरु दुई तिन दिनको पैदल यात्रा गरेर मुगुमा सेवा लिन आउन्छन तर पाउनु पर्ने सेवा पाउदैनन् जसरी आउन्छन , त्यसैरी नै फर्किने गरेको कार्यालयले जानकारी दिएको छ ।
मंगलवार आँखा उपचार केन्द्रमा उपचार गर्न आएका छायानाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका स्थानीय गुरु प्रसाद रावलका दुवै आँखामा समस्या आए पछि उपचारको लागि उपचार केन्द्रमा आएका थिए तर औषधि नहुदा उनको उपचार हुन सकेन । २ वर्षकै उमेरमा आँखाको बिरामि सँग लडिरहेका उनी हाल सम्म उनले यो संसार देख्न पाएका छैनन् । पहिला बालवालिका अवस्थामै एउटा सानो किरा पसेको थियो त्यो किरा गईहाल्छ भन्ने सोच भयो , तर केही हेक्का राखिान पछि , एक्कासि त्यसले गर्दा आँखा पाकेपछि , त्यो दिन बाट यो संसार अन्धकारमय भयो रावलले भने । उनी हाल ५९ वर्ष वर्ष पुग्दा समेत कुनै पनि आँखाको उपचार नहुदा अहिले उनी आँखा बिरामिको भागेदार हुन परेको छ । आँखाको उपचारको लागि जिल्ला मात्र नभई बाहिरी जिल्ला पनि धाए , लाखौ रकम खर्च भयो तर आँखाले यो संसार देख्न नपाएको रावलले गुनासो गरे ।
पछिल्लो समय आँखा उपचार केन्द्रमा बिरामिको संख्यामा वृद्धि भएका छन् । प्रत्येक दिनमा २० देखि ३० जना सम्म सेवा लिन आउने गरेका छन् । मुगुमा २०६८ सालमा स्थापना भएको उपचार केन्द्र हाल सम्म २१ हजार १ सय ४७ जनाले सेवा लिएको कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।