• २०८३ बैशाख २० गते आइतवार

ओलीको बोलीले एमालेमा तरंग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । आजको बैठकमा तेस्रो धारले आपत्ति जनाउने ​यस्तै नेता घनश्याम भुसालले भने ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् भने तेस्रो धारको प्रतिनिधित्व गर्ने नेताहरुले बिहीबारको स्थायी कमिटी बैठकमा ओलीको अभिव्यक्तिको विषयमा कुरा उठाउने बताएका छन् । ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकै कारण तेस्रो धारण नेताहरुले अन्तिम समयमा माधव नेपाललाई नयाँ पार्टी बनाउन सघाएका थिएनन् ।

यसैबीच ओलीको अभिव्यक्ति र तेस्रो धारणका नेताहरुको प्रतिजवाफपछि एमालेभित्र तरंग उत्पन्न भएको छ । यसै विषयमा साढे ३ बजे स्थायी समितिको बैठक सुरु हुनुअघि भीम रावलसहित नेताहरु सुरेन्द्र पाण्डे र ओली निकट शंकर पोखरेलबीच छलफल भएको छ । सोही छलफलका कारण तीन नेता ढिलागरी बैठक हलतर्फ प्रवेश गरेका थिए । छलफलमा के भयो भन्नेबारे खुलिसकेको छैन ।

अहिले एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ। बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस