• २०८३ बैशाख १७ गते बिहिवार

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् ।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ । यसअघि बसेको २ वटा बैठक पनि एमालेका सांसद्हरुको अवरोधका कारण स्थगित भएको थियो । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस