• २०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुरको नगर सभापतिमा सापकोटाको उमेद्धारी घोषणा

विमल भट्टराई पढ्न लाग्ने समय : ३ मिनेट

भदौ २६, दाङ । शनिबार खबर24नेपाल डटकमसंगको कुराकानीमा सोभाखर सापकोटाले आँफु नेपाली काँग्रेसको नगर सभापतिमा चुनाब लड्ने बताउनु भएको छ । यदी नेताहरुले टिकट दिन मानेन भने एकल रुपमा भएपनि सभापति पदमा चुनाब लड्ने सापकोटाले बताएका छन् ।

२०५१ सालमा महेन्द्र माध्यामिक विद्यालयको नेविसंघ इकाई सभापति, २०५३ चैत १४ गते भएको राप्ती बबई क्याम्पसको स्ववियू निर्वाचनबाट उपसभापति , २०५६ सालमा नेविसंघ क्षेत्र नं. ४ को क्षेत्रीय सचिव र २०५८ सालमा नेपाली काँग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारी सापकोटाले काम गरेका थिए । त्यसपछि सापकोटाले फरक फिल्ड सामुदायिक वन महासंघ दाङमा प्रबेश गरेका थिए ।

सापकोटाले २०५८ सालदेखि २०६७ सालसम्म लगातार दूई कार्यकाल सामुदायिक वन महासंघको जिल्ला सचिव र २०६७ सालदेखि २०७६ साल वन महासंघको अध्यक्षको भूमिकामा रहेर काम गरेका थिए भने वन महासंघमा दूई कार्यकाल निर्विरोध भएका थिए ।

उनको कार्यकलमा महासंघको संगठनमा सक्रियता बढाउदै २०६२ — ०६३ को लोकतान्त्रिक आन्दोलनमा राजनितिक दल मा पनि सस्त भुमिका निर्भाह गरेका थिए । आँफुलाई केन्द्रीय सदस्य दीपक गिरीको निकट भन्न रुचाउने सापकोटाले आँफुलाई पार्टीले नगर सभापतिको टिकट दिनुपर्ने दाबी गर्दै यदी त्यसो नभए स्वतन्त्र रुपमा चुनाबमा लड्ने बताउनु भयो । “पार्टीमा इमान्दर, बफदार, लोकतान्त्रीक प्रतिबद्धता, कार्यकता र प्रतिधिहरुको भावनाको सम्मान गर्दै सापकोटाले आफ्नो उमेदारीको योग्य ठानी आफ्नो उमेदारी प्रस्तुत गरेको छु ।”

यसैगरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाई मन्त्री दिपक गिरीले सुरेश हमाल, पुर्व माननिय नेता गेहेन्द्र गिरीले अनिल कार्र्कीलाई अगाडी सारेको देखिन्छ भने यि मध्य नेपाली काँग्रेसका लागि सापकोटा अवल देखिन्छ । २०६४ को संविधान सभाको चुनावमा मावादीमा सक्रिय हुदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरीलाई पराजित गर्न सुरेश हमालले भुमिका खेलेका थिए । २०७० मा नेपाली काँग्रेसको सम्मान जनक विजय प्रस्तात आफ्नो आफ्नो सुरक्षा खोज्दै एक झुण्डल लिएर मावादी छाडी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । हमाल यातायातमा लामो अनुभव हुन् ।

अनिल कार्की विधार्थी संगठनमा गर्दैगरेका हाल स्वभियुका सभापति हुन् उनलाई नेपाली काँग्रेसमा जुनियर मानिन्छ । आफुले उमेदारी दिदै गरेका सापकोटाले संविधान सभा सदस्य बुद्विराम भण्डारी, पुर्व माननिय नेता गेहेन्द्र गिरी, पूर्व सिचाई मन्त्री दिपक गिरी, प्रदेश मन्त्री तथा नेता डिली बहादुर चौधरी , पार्टी सभापति कृति बहादुर खड्का, नेताहरु केशब आर्चाय,शकर गिरी, खिम प्रसाद खराल लाई सम्मान जनक सन्तुलनमा राख्दै आफ्नो उमेदारी दिएका छन् ।

आँफुले नेबिसंघको बिद्यार्थी राजनीतिदेखि अनबरत रुपमा पार्टीलाई सघाउँदै आएको भन्दै उनले यतिखेर पार्टीले आफ्नो सही मूल्याङकन गर्नुपर्ने तर्क गरे । १२ औँ अधिबेशनमा सापकोटाको श्रीमती कमला सापकोटा महा समिति संदस्य पनि बनेको हुनुहुन्थे । यसरी हेदा पारिवारी पनि नेपाली काँग्रेसमा नै प्रतिबधत्ता रहेको देखिन्छ । नेपाली कांग्रेसको नगर अधिबेशन भाद्र २७ गते हुने भनेको असोज ९ गतेलाई सारिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस