• २०८३ जेष्ठ १० गते आइतवार

कुलमानविरुद्धको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका थिए।

आफूलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको भए पनि हटाएको भन्दै उनले पुनर्बहालीको माग गरेका थिए।

यही मुद्दामा यसअघि पनि राणाकै इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो। ८ भदौमा राणाको एकल इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस