• २०८३ भाद्र २९ गते सोमवार

तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । नेपाली नारीहरूको महान् एवं विशेष पर्व हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नि एवं प्रथम महिला सविताले सोमबार पशुपतिनाथ मन्दिरको मूल मन्दिरमा पुगी भगवान शिवको विधिपूर्वक पूजाअर्चना गरेकी हुन् । पूजापछि उनले मन्दिरका मूल पुजारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गरिन् ।

तीजको दिन पशुपतिनाथ परिसरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस