• २०८३ भाद्र २९ गते सोमवार

२४ घण्टामा सवारी दुर्घटनामा १० जनाको मृत्यु, १६२ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १६२ जना घाइते भएका छन्। उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको देखिएको छ। मधेशमा सवारी दुर्घटनामा २ जनाको मृत्यु र ५० जना घाइते भएका छन्।

May be an image of map and text that says 'कर्णाली प्रदेश मृत्यु 3 जना घाइते 9ㄷ जना गण्डकी प्रदेश मृत्यયु nο जना मिति ၃.3 मदो ၃ गते| २४ घण्टाको ધाइતે 99 जना सवारी दर्घटना बागमती प्रदेश मत्य ใอ जना घाइ्ले जना सुदरपश्विम प्रदेश मत्य जना धाइते काठमाडी उपत्यंका मृत्યु ιο जना १२ जना घाइते 99 जना कोशी प्रदेश मृत्य 1o जना लुगिबिनी प्रदेश मत्यु 8េ जना घाइतે ၃၃ घाइ्ते 9c जना जम्मा मानवीय क्षति मृत्यु घाइते 90 जना मघेश प्रदेश मृत्य जना १४९ जना धाइतो 보O जना विस्वृत विस्तृतवििरणकमेनम... विवरण कमेनटमा..'

त्यस्तै लुम्बिनी प्रदेशमा ४ जनाको मृत्यु र १८ जना घाइते, कर्णाली प्रदेशमा ३ जनाको मृत्यु र १८ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। यसैगरी कोशी प्रदेशमा २२ जना, काठमाडौं उपत्यकामा ११ जना, गण्डकी प्रदेशमा ११ जना र बागमती प्रदेशमा ६ जना घाइते भएको विवरणमा उल्लेख छ।

प्रहरीको तथ्यांकले पछिल्लो २४ घण्टामा देशभर सवारी दुर्घटनाबाट भएको जनधनको क्षति गम्भीर रहेको देखाएको छ। दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको गति नियन्त्रण, ट्राफिक नियमको पालना र चालक तथा यात्रुको सचेतना आवश्यक देखिएको छ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस