भदौ १७, मुगु । नेपाली कांग्रेसले मुगु वडा तहको अधिवेशन भदौ २१ मागर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन १८ भदौमा गर्न निर्देशन दिएपनि मुगुमा भने भदौ २१ मा गरिने मुगुका पुर्व सभापति ऐन बहादुर शाहीले बताए ।
जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेकोले र विहिवार बसेको बैठकले वडा अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेको हो । जिल्लाका ४५ वडाको अधिवेशनभदौ २१ गते सम्पन्न गर्ने गरी तयारी थालिएको नेपाली कांग्रेस मुगुले जनाएको छ । ४५ वडा मध्ये छायानाथ रारा नगरपालिका वडा नं ३ मा सभापतिको लागिनन्द रावललाई सर्वसम्मत चयन गरिएको छ । अन्य वडामा साथीहरुले मान्छन भने सहमतिबाटै गर्र्न तयारी रहेको छ यदि त्यसो हुदैन भने चुनावमै जाने बताईएको छ । सकभर सबै वडामा सहमतिकै प्रयास गर्नेछौं शाहीले भने । वडा अधिवेशनको मिति फरक परे पनि गाउँपालिका, नगर, उपमहानगरमा भने केन्द्रले तोकेबमोजिम नै अधिवेशन हुने जानकारी प्राप्त भएको छ ।
यसै बिच मुगुमा नेतृत्व पंक्तिका उम्मेदवार देउवा पक्षले चयन गरेको छ भने पौड्याल पक्षले गर्न सकेको छैन । जसमा देउवापक्षका लागि सभापतिमा ऐन बहादुर शाही रहेका छन् भने प्रदेशमा विष्णु कुमार भाम र नगर सभापतिमा चक्रबहादुर साँवतलाई सर्व सम्मतबाट चयन गरेको छ । पौड्यालपक्षले भने नेतृत्वपंक्तिमा कुनै पनि टुंगो लगाउन सकेको छैन । पौड्याल पक्षमा नेतृत्वको लागि केही नेताहरुले आकांक्षी देखाएका छन् ।