• २०८३ बैशाख १० गते बिहिवार

पारस शाहको क्यारिकेचर गरेका भरतमणि कमेडी च्याम्पियनको फाइनल प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १३ पर्वत ।  पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को अन्तिम तीनमा पर्दै फाइनलमा प्रवेश गरेका छन्।

शनिवार राति प्रशारण भएको ‘कमेडी च्याम्पियन’ सिजन २ को ३४ औँ श्रृङ्खलामा पारस शाहजस्तै स्वरूपमा स्टेजमा देखा परेका उनले आफ्ना तीन प्रतिस्पर्धी विकी अग्रवाल, सन्तोष थापा र हिकमत महरालाई पछाडि पारेर ‘पफर्मर अफ द राउन्ड’ बन्दै फाइनल यात्रा तय गरेका हुन्। प्रतियोगिताको बलियो दावेदारको रूपमा आफूलाई उभ्याउँदै आएका पौडेलले शनिवारको श्रृङ्खलामा पारस शाहकै जस्तै गेटअपमा उनकै बोली र लवजको बलियो प्रस्तुति पस्केका थिए। जसका कारण उनी दर्शक र जज प्यानलको रोजाइमा पर्दै सिधै अन्तिम तीनमा परेका हुन्। तत्कालीन दरिबारिया शैली हुँदै वर्तमान राजनीतिक अस्थिरताबारे व्यङ्ग्य गरेका उनले दर्शकको भरपुर माया पाएका थिए।

‘कमेडी च्याम्पियन’ मा अन्तिम तीन प्रतिस्पर्धीहरूको टुङ्गो लागेपछि दर्शकको मतको आधारमा विजेता घोषणा गर्ने गरिएको छ। अहिले शोमा चार जना प्रतिस्पर्धी रहेकाले आगामी शृङ्खलाबाट एकजना भोटको आधारमा बाहिरिने छन्। भरतमणि ‘पफर्मर अफ द राउन्ड’ बनेका कारण उनले अन्तिम तीनको यात्रा पक्का गरिसकेपछि बाँकी रहेका ‘कमेडीयन’ हरू बिकी, सन्तोष र हिकमतमध्ये एकजना बाहिरिने छन्।

 

Sharing

प्रतिक्रिया दिनुहोस