भदौं, १२ बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको ६२ वर्षको उमेरमा निधन भएको छ ।
शरिरमा हेमोग्लोबिनको मात्रा कम भएका यादवलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार साँझ शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । करिब एकवर्षदेखि अस्वस्थ रहेका यादवको भारतको लखनउमा नियमित उपचार चलिरहेको थियो ।
राति १ बजेतिर उपचारकाक्रममा यादवको निधन भएको हो । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी रहेका छन् ।
यादव वि.सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । यादव २०५४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालिन गनापुर गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए ।