असोज ३, इटहरी । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो । इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ । कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको हो ।

नयाँ बिक्री केन्द्रबाट ग्राहकले स्मार्ट घडी, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंकलगायत अल्टिमाका विभिन्न उत्पादन प्रत्यक्ष हेर्न, अनुभव गर्न र खरिद गर्न सक्नेछन् ।
१०औँ बिक्री केन्द्र उद्घाटनका अवसरमा कम्पनीले ग्राहक लक्षित विभिन्न छुट तथा उपहार योजना सार्वजनिक गरेको छ । सोही दिन इटहरी बिक्री केन्द्रबाट अल्टिमाको कुनै पनि उत्पादन खरिद गर्ने पहिलो १० जना ग्राहकलाई निःशुल्क अल्टिमाको ग्याजेट प्रदान गरिने महाप्रबन्धक प्रज्वल ढकालले जानकारी दिएका छन् ।
त्यस्तै, अभियानअन्तर्गत बुम स्लिक इयरबड्स ९९९ रुपैयाँ, बुस्ट २० हजार प्रो पावर बैंक २ हजार ९९ रुपैयाँ, फ्लेक्स स्मार्टवाच २ हजार १९९ रुपैयाँ, क्लियर माइक २ हजार ९९९ रुपैयाँ र मार्भल स्पिकर २ हजार ९९९ रुपैयाँमा उपलब्ध छन्। यीमध्ये प्रत्येक उत्पादन दैनिक पहिलो ९९ जना खरिदकर्ताले मात्र उक्त मूल्यमा खरिद गर्न सक्नेछन् ।
कम्पनीले नयाँ उत्पादनतर्फ अल्टिमा औरा ३ हजार ४९९ रुपैयाँ, बास ४३० हेडफोन १ हजार ९९९ रुपैयाँ र बुमबक्स १३० १९ हजार ९९९ रुपैयाँको विशेष मूल्यसमेत सार्वजनिक गरेको छ ।
त्यसैगरी, ८ हजार रुपैयाँभन्दा बढीको खरिदमा बुम स्लिक इयरबड्स, १० हजार रुपैयाँभन्दा बढीको खरिदमा बुस्ट २० हजार प्रो पावर बैंक र १२ हजार रुपैयाँभन्दा बढीको खरिदमा फ्लेक्स स्मार्टवाच निःशुल्क दिने योजना ल्याइएको छ ।
अभियानअन्तर्गत ‘भाग्यचक्र घुमाउनुहोस्’ योजनामार्फत कुल २० लाख रुपैयाँ बराबरका पुरस्कार जित्ने अवसरसमेत दिइएको छ । पुरस्कारमा थाइल्यान्डको जोडी भ्रमण प्याकेज, सुनका सिक्का, वातानुकूलित यन्त्र, टेलिभिजन, लुगा धुने मेसिन तथा अल्टिमाका ग्याजेटलगायत छन् ।
यसका अतिरिक्त अल्टिमाका सम्पूर्ण उत्पादनमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानका विभिन्न छुट तथा अफर असोज १० गतेसम्म सञ्चालन हुनेछन्। सबै अफर तोकिएका सर्त तथा सामानको उपलब्धताका आधारमा लागू हुनेछन् ।
इयरबड्स, हेडफोन, स्मार्टवाच, स्पिकर, पावर बैंकलगायत अडियो तथा पहिरनयोग्य प्रविधिका उत्पादन बिक्री गर्दै आएको अल्टिमा लाइफस्टाइलले १०औँ बिक्री केन्द्रमार्फत इटहरी र आसपासका ग्राहकलाई आफ्ना उत्पादन प्रत्यक्ष हेर्ने, अनुभव गर्ने तथा खरिद गर्ने सुविधा दिएको जनाएको छ ।