• २०८३ कार्तिक ४ गते मङ्गलवार

पर्वतमा भिषण असिना , लाखौंको क्षति

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, पर्वत । पर्वतमा विहिबार आएको असिना र पानीले पर्वतका झण्डै १० हजार किसानका उत्पादनमा क्षति पुगेको छ । विहिबार दिउँसो झण्डै २ घण्टा आएको भिषण असिना र पानीले मोदी गाउँपालिकाका बाजुङ, राम्जा, चित्रे, तिलाहार, आर्थर पकुवा लगायतका गाउँमा किसानले उत्पादन गरेको मकै, फलफूल, तरकारी लगायतका बालीमा क्षति पुगेको हो ।


भर्खर पसाउने बेला भएको मकै, घरमा उत्पादित तरकारी र र धानको बिउँ पनि सबै सखाप पारेको छ । त्यसैगरी पर्वतका सांसद पदम गिरीले किसानका राहतका लागि आफूले सम्बन्धीत निकायमा पहल गरिरहेको जानकारी दिएका छन् ।

उनले आफ्नोफेसबुक वालमा लेखेका छन “पर्वत जिल्लाको विभिन्न ठाउँमा परेको हावाहुरी सहितको असिना पानीले कृषकले लगाएको कृषि बालीहरू र भौतिक संरचना मा व्यापक क्षति पुर्याएकोमा दुख व्यक्त गर्दछु । कृषक तथा प्रभावितजनहरु लाइ उचित क्षतिपूर्ति को लागि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गर्दछु।साथै मेरो आफ्नो तर्फबाट पनि क्षतिपूर्ति को व्यवस्था को लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।”

 

Sharing

प्रतिक्रिया दिनुहोस