• २०८३ बैशाख ४ गते शुक्रवार

एमाले केन्द्रीय कमिटी बैठक ३ बजे बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक हिजोबाट सुरु भएको हो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ अनुसार आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने सक्ने कारबाहीको कदमलगायत विषयमा छलफल भइरहेको छ ।

सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस