भदौ ३, सुर्खेत । चिनको उहान प्रान्तवाट कोरोनाको उत्पती भयो । चिनबाटै महामरिका रुपमा विश्वमा पुगेर कैयौँले ज्यान गुमाए । आफ्नो मुलुकमा बसेर केही हुन्न विदेशिनुपर्छ भनेर स्वदेश हुँदै कैयौँ विदेशि भए । जब कोरानाले महामारिको रुप लिएपछि कैयौँले विदेश ज्यान गुमाए त कोही नेपाल फिर्ता हुन सफल भए । पहिले नेपाली भुमिमा पसिना चुहान नमान्ने भारत लयायत तेस्रो मुलुक त गाउँमा बस्न नरुचाउने गाउँ गए ।

कोरोना भाइरस (कोभिड –१९) ले विश्वभर महामारिको रुप लिएपछि सबै ठाउँमा लकडाउन भयो । लकडाउनका कारण मानिसहरु जहाँको त्यहि र घरवाहि निस्कन पाएनन् । अहिलेपनि कोरोनाको जोखिम उत्तिकै छ । कोरोना संक्रमणदर उकालो लाग्दै गइरहेको छ । कोरोना माहामारिमा अरु कुनै विकल्प नभएपछि उहि पुरानै गाउँमा बाझा छोडेर गएका जमिन उपयोग गर्दै किसानले अन्नबाली तथा तरकारी फलाउन थालेका छन् । कोरोना महामारि सुरुभएसँगै भारतलगायत तेस्रो मुलुकबाट गाउँ फर्किनेको संख्या बढेसँगै बाँझो जमिन प्रयोगमा आउन थालेका छन् । गाउँ फर्किएसँगै किसानहरुले गाउँमा बाझो रहेको जमिनमा तरकारी र अन्नबाली फलाउन कर्णालीका नागरिक गाउँ छोडेर बाहीर गएका नागरिक धमाधम कर्णालीमा फर्कदै कृषि पेशामा जोड् दिन थालेका छन् । पहिलेका बाझा जमिनलाई उपयोग गर्दै विभिन्न तरकारी, अन्नबाली फलाउन थालेका छन् ।

कृषकहरुले गाउँमै तरकारी लागाय अन्नबाली फलाउन थालेपछि बाहिरबाट कर्णालीमा आउने तरकारीको मात्रा घटेको छ । कर्णालीमै तरकारी उत्पादन गर्ने किसानको संख्यामा वृद्धि भएको छ । महामारी सुरु नहुनुपहिले कर्णालीका अधिकांश जमिन बाँजो र प्राय किसान कृषि पेशा छोडेर भारत पलायन हुन्थे । कोरोना महामारि सुरु भएसँगै सरकारले लकडाउन जारि गरे पश्चात् कृषि कर्म गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । कोरोनाका कारण थलिएका किसानको अन्य कुनै बिकल्प नभएपछि आफ्नै बारिमा तरकारि फलाउदै अहिले आत्मनिर्भर बन्न थालेका छन् । पहिले छिमेकी मुलुक भारत र चिनबाट क्न्टिलका क्निटल नेपाल आउने तरकारी फलफुल कोरोना महमारिपछि कमहुँदै गएको व्यपारि बताउँछन् ।
कोरोनाका कारण लकडाउन पश्चात् स्थानीय स्तरमा तरकारी उत्पादन बढेसँगै भारतबाट आउने तरकारी कम हुँदै गएको गोविन्द सब्जी मण्डी सुर्खेतका स्थानीय व्यपारि गोबिन्द नाथ योगी बताउँछन् । ‘यसरि नै कर्णालीका पत्येक जिल्लाले तरकारी उत्पादनमा जोड दिने हो भने भारतको तरकारी आयातमा कम हुँदै जान्छ ।’ कोरोनाका कारण रोजगारी गुमाएर गाउँ पर्किएक युवाले समेत कृषि कर्ममा रुची राख्न थालेका छन् । पहिले रोजगारीकै लागि भरत गएपनि कोरोनाले रोजगारि खोसेपछि गाउँमै केही गर्नुपर्छ भन्ने सोचेर गाउँमा तरकारी व्यवसायमा लागेको दैलेख ठाटीकाँधका प्रदिप थापा बताउँछन् । गाउँमा काम पाइदैन भनेर काम गर्न भारतमा जान्थे कोरोनाले बन्द भएपछि घर आएर पनि बेरोजगार भए उनले भने । ‘खाली बस्नभन्दा तरकारी खेती लगायर विचार गर्छु भन्ने सोचेर बाझो रहेको जमिन उपयोग गर्दै अहिले बारिभरि तरकारी फलेको छ । स्थानीय स्तरमै तरकारी उत्पादन बढेपछि भारतबाट क्न्टिलका क्विन्टल नेपाल भित्रने तरकारी फलफुलको मात्रा ह्वात्तै घटेर स्थानीय गोबिन्द तरकारी फलफुल सब्जीमण्डीका संचालक गोबिन्द नाथ योगी बताउँछन् । भारत गएर गुजारा चलाउथ्यौँ कोरोनाले घरमा थला परेपछि तरकारी व्यवसाय सुरु गरेको दैलेख ठाटीकाँधका प्रदिप थापा बताउँछन् । तरकारी व्यवसाय गरिरहेको छु उनले भने,‘फलाएको तरकारी बजारमै टिपाटिप हुन्छ ।’
त्यस्तै दैलेखको गुँरास गाउँपालिकामा पनि कोरोनापछि तरकारि यवसाय गर्नेको संख्यामा वृद्धि भएको छ गुराँस गाउँपालिका ६ का रण बहादुर वली बताउँछन् । यहाँका सबै किसानहरुले आफ्नै व्यक्तित लगानीमा व्यवसाय गर्नुभएको छ, उनले भने,‘स्थानीय सरकारको कुनै सहयोग छ ।’ गत आर्थिक वर्ष २०७७÷७८ मा दैलेखदेखि १८.१२ प्रतिशत,जुम्ला ५.३३,चितवन ४.१० प्रतिशत तरकारी सुर्खेतमा आयात भएको कृषि व्यवस्थापन समिति सुर्खेतले जानकारी दिएको छ ।
त्यस्तै अन्य जिल्ला १५.०३ प्रतिशत,छिमेकि मुलुक भारत र चिनदेखि ४७.८३ प्रतिशत नेपाल आयात हुन्छ । पहिले भारतबाट ४५ प्रतिशत तरकारि कर्णालीमा आयात हुन्थ्यो भने अहिले भारतबाट आयात हुने तरकारि घट्दै गएको कृषि बजार व्यवस्थापन समिति सुर्खेतका व्यवस्थापक केसर राज रास्कोटिले बताए । उनले भने,‘पछिल्लो समय कर्णालीमा पनि कृषि पेशामा किसानको रुचि बढेसँगै उत्पादनमा वृद्धि भएपछि भारतबाट आयात कम हुन थालेको छ ।’ कृषकको हौसला बढाउन भएपनि सरकारले कृषि क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । कृषि क्षेत्रमा केही रुपमा कृषक जागरुक भएपनि जति कृषकले कृषि व्यवसाय अगाल्नुपर्ने हो त्यति संख्या छैन,उनले भने,‘कृषि क्षेत्रमा किसानको हौसला र क्षमता हेरेर हाम्रालाई होइन राम्रालाई छनौट गरे मात्र कृषि क्षेत्रलाई जिवन्त रुपमा राख्न सकिन्छ होइन भने अबको दुइ पुस्ता पछि नेपालमा कृषि पेशा पनि गर्थे र भन्ने समय नआउला भन्न सकिन्न ।’
सरकारले सयमा सयको सय होइन कम्तिमा सयमा ४० प्रतिशत राम्रा किसानलाइ छनौट गरि सरकारले सहयोग गर्ने हो भने अनि मात्र नेपाल कृषिप्रधान देश बन्छ । स्थानीय स्तरमा उतपादन भएको तरकारिलाई स्थानयि स्तरमै व्यवस्थापन गर्ने, आत्मनिर्भर बन्ने र उतपादनलाई बढवा दिने निति रहेको वीरेन्द्रनगरपालिकाका मेयर मोहनमाया ढकालको भनाई छ । ‘स्थानयि स्तरमा उतपादन चिजबस्तुलाई स्थानीयस्तरमै व्यवस्थापन गर्नुपर्छ उनले भनिन् ।