कात्तिक २४, काठमाडौं । बलिउड फिल्म ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । आज यो फिल्मले बक्स अफिसमा ११.२२ सय करोड भारुको व्यापार गरेसँगै यो फिल्म भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो ।

कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो फिल्म बनेको छ । यो फिल्मले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, सोमबार १४.५१ करोड कमाइ गरेको थियो ।
फिल्मले भारतीय बक्स अफिसमा १०२.८१ करोडको कमाइ गरेको छ । रोहित सेट्टीको निर्देशन गरेको फिल्ममा अक्षय कुमार, कट्रिना कैफ, अजय देवगण, रणवीर सिंहको मुख्य भूमिका छ ।