भदौ १, कैलाली । स्वर्गिय आमा बुवाको सम्झनामा घोडाघोडी नगरपालीका ४ निवासी दुर्गादत्त सापकोटाले घोडाघोडीमा रहेको सनातन धर्म सँस्कृती गुरुकुललाई नगद आर्थिक सहयोग गरेका छन । सोमबार एक कार्यक्रमका विच सापकोटाले गुरुकुलका अध्यक्ष गा्ेविन्द राज जोशिलाई नगद २५ हजार हस्तान्त्रण गरेका शिक्षक शंकर सञ्ज्यालले जानकारी दिए ।
गुरुकुल आवासिय वटुकको खानपानको लागि उक्त रकम अक्षय कोषमा जम्मा गरिएको शिक्षक सञ्ज्यालले बताए । समाजसेवि स्थानिय सापकोटाले यस अघि पनि सोहि परिसरमा रहेको राधाकृष्ण मन्दिरमा खानेपानीको धारा जडान तथा विद्यालय हाता भित्रका भौतिक संरचना निर्माणका लागि सहयोग गर्दै आएका छन ।