• २०८३ जेष्ठ ३ गते आइतवार

रास्वपा उपसभापति डा. वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन्। झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही माग गर्दै वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने काम भइरहेको पाइएको उनले दिएको उजुरीमा उल्लेख छ । उनले उजुरीमा अफवाह फैलाउने व्यक्ति र समूहहरू पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्। वाग्ले तनहुँ-१ बाट फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस