• २०८३ कार्तिक २५ गते मङ्गलवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५८५ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौँ ।   ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५८५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७०, रातोबत्तीमा ५४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा २८, हर्न निषेधमा ११, लेन क्रसमा १९, अवस्था ठिक नभएको १३, एकतर्फीमा ११ र अन्यमा ३४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस