• २०८३ जेष्ठ ३ गते आइतवार

तोलामा ६०० ले बढ्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २८ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस