• २०८३ जेष्ठ ८ गते शुक्रवार

कुवेतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । नेपालले आज आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध खेल्दैछ । यस खेलमा कुवेतले टस जितेको छ र पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

प्रतियोगितामा समुह बीमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस