• २०८३ मङ्सिर ५ गते शुक्रवार

मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सबै सेवा बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, पाल्पा । मालपोत कार्यालय पाल्पामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ । मालपोत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि साउन ३२ गतेसम्मका लागि सेवा बन्द गरिएको हो ।

कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा समेत संक्रमण फैलिनसक्ने जोखिमका कारण आन्तरिक कामकाज बाहेकका सबै सेवा पूर्णरुपमा बन्द गरिएको हो । लकडाउन खुकुलो हुँदा कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्ने तर स्वास्थ्य मापदण्डको पालना नगरेका कारण कर्मचारीमा संक्रमण देखिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस