• २०८३ जेष्ठ २८ गते बिहिवार

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, कपिलवस्तु । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले २ जना पक्राउ गरेको छ । बिजयनगर गाउँपालिका-१ गौरिघाटस्थित सडकमा ड्युटी खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय कृष्ण बहादुर न्यौपाने र सोही गाउँपालिका-४ बस्ने २८ वर्षीय प्रेम बहादुर सुनार रहेका छन् । लु.१७ प ३५०५ र लु. २२ प ८६७८ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा करिब ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको कुखुरा ल्याउँदै गरेका उनीहरूलाई अस्थाई प्रहरी पोष्ट खडैचाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस