• २०८३ कार्तिक २५ गते मङ्गलवार

नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

साउन २३, डोटी । प्रहरीले नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । प्राविधिक प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा बझाङ सुर्मा गाउँपालिका-३ बस्ने २० वर्षीय करन बिसिलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्राविधिक प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा बिसिले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको उक्त तालिम केन्द्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस