श्रावण २२, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी २८ गते बोलाइएको छ । साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने कार्यक्रममा छ ।