• २०८३ जेष्ठ १६ गते शनिवार

नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५३३५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कूल संक्रमितको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार भेटघाटमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो जसमा संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन् । यस्तै ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेका छन ।

यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस