साउन,२० काठमाडौं । मकवानपुरबाट लागुऔषध नाइट्रोभेट र गाँजासहित पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१० बाट दुईजना र मनहरी गाउँपालिका–८ बाट तीनजनालाई पक्राउ गरेको हो।
मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक देव दासका अनुसार बिआरई २८३९ नम्बरको ट्रकबाट १२७ किलो गाजाँसहित तीनजनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतका ३८ वर्षीय राजराज सहनी, १८ वर्षीय राहुल सहनी र वीरगञ्जका ३० वर्षीय रियाजुल अंसारी रहेका छन्।
त्यसैगरी एक हजार १२५ ट्याब्लेट नाइट्रोभेटसहित हेटौंडा–१३ का १९ वर्षका सुवास गोले र सोही उमेरका सरोज थिङ पक्राउ परेको प्रहरी निरीक्षक दासले जानकारी दिए।