• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एन्फा प्रवक्ता राईले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, १८ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्।

एन्फा मुख्यालयमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राईले सोमबार राजीनामा बुझाएका हुन्। एन्फाका केन्द्रीय सदस्यसमेत रहेका राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।

उनले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी राजीनामाको कारण खुलाउने बताएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस